Logo
Logo

यी हुन् माइक्रोमाथि रुख ढल्दा घाइते भएका १० यात्रु (नामसहित)


3.6k
Shares

काठमाडौं । धादिङको गजुरी– ५ जरेखोलामा माइक्रो बसमाथि पहिरोसँगै आएको रुख बजारिँदा घाइते भएका १० जनाको पहिचान खुलेको छ ।

धादिङबेसीबाट काठमाडौँ आउँदै गरेको माइक्रो बसमाथि आज बिहान रुख बजारिँदा बसमा सवार १५ मध्ये १० जना घाइते भएका हुन् । घाइते ६ जाको अवस्था सामान्य छ भने ४ जना मध्यम घाइते रहेको धादिङ प्रहरीले जनाएको छ ।

घाइते हुनेमा धादिङको निलकण्ठ नगरपालिका– ३ पुछार बजार बस्ने २६ वर्षकी निन्दु शाह, सोही स्थानका वर्ष ५० को शिवराज अधिकारी, निलकण्ठ नगरपालिका– ३ शान्तबजारकी ३१ वर्षीया सुनिता घिमिरे, निलकण्ठ– ३ कै बीचबजार बस्ने वर्ष ४० को रमेश अधिकारीको अवस्था मध्यम रहेको छ ।

यस्तै, सोही स्थानमा १४ वर्षीया डिल बहादुर गुरुङ, धादिङको खनियाबास गाउँपालिका– ४ खट्करीका २६ वर्षीय उर्मिला थापा मगर, विम्याली गाउँपालिका– १ का ७२ वर्षका निर्माग तामाङ, नेत्रावती गाउँपालिका– ४ का २२ वर्षीया सञ्जु भुसाल, ज्वालामुखी गाउँपालिका– ६ बस्ने ३८ वर्षीया निदेश तिमिल्सिना र मुगु जिल्ला रारा नगरपालिका– ३ का २२ वर्षीया गंगाराम चौलागाईँ सामान्य रहेका छन्।

घाइतेमध्ये ७२ वर्षको निर्माग तामाङलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ भने बाँकी ९ जनाको गजुरीस्थित अस्पतालमा उपचार भैरहेको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्