Logo
Logo

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट लक्ष्मणकिशोर वनमन्त्री बन्दै


2k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । नाउपाले कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारमा लक्ष्मणकिशोर चौधरीलाई पठाउने निर्णय गरेको हो ।

लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ ग्रहणसँगै शाहले आजै मन्त्रिपरिषद् समेत विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्