Logo
Logo

नेकपामा माधव नेपाललाई धोका ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ बैशाख ।
शनिबारको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकको परिणाम अपेक्षाभन्दा फरक आयो । प्रचण्ड यूटर्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्सी सुरक्षित राखे ।


यसअघि प्रचण्ड र माधव नेपाल मिलेर ओलीलाई जसरी पनि हटाउने अभियानमा लागेका थिए । संसदीय दलमा बहुमत नभएपछि ओली संकटमा परेका थिए ।
तर, ओलीले कुटिल राजनीतिक खेल खेलेर सत्ता संकट टारेका छन् । त्यसका लागि सचिवालय बैठकअघि अर्का अध्यक्ष प्रचण्डसँगको करिब पौने घन्टाको वार्ता निर्णायक भएको बताइन्छ । दुई जना मात्र भएको सो बैठकपछि प्रचण्डले मिलेर जाने प्रस्ताव गरेका थिए । त्यसपछि प्रधानमन्त्री ओली लगायत सबैले आत्मआलोचना गर्दै एकताबद्ध हुने निर्णय गरे ।

तर, रणभुल्लमा बरिष्ठ नेता माधव नेपाल परे । उनी शनिबारको बैठकमा पनि ओलीले राजिनामा दिनुपर्ने पक्षमै थिए । प्रचण्ड शुक्रबार नेता नेपालकै निवासमा गएर ओलीको एकलौटी विरुद्ध एक भएर अघि बढ्ने सहमति गरेका थिए । प्रचण्डले आफुलाई धोका दिएको नेता नेपालले आफ्ना निकटस्थहरुलाई बताएका छन् । यसबारे प्रचण्डसँग भेटेर छलफल गर्ने तयारीमा छन् ।

विवाद चर्किदै गएपछि ओली यती कमजोर भइसकेका थिए कि बाग्मती प्रदेशको मुख्यमन्त्री समेत माधव कुमार नेपाल निकट नेतालाई दिन तयार भएका थिए । अन्ततः नेपाल पक्षले केही पाउने स्थिती देखिएन । प्रचण्डसँग भने ओलीले गोप्य कुनै सम्झौता गरेको आँकलन गरिएको छ ।
यसरी नेकपाभित्रको सहमतिका लागि चिनियाँ राजदूतको भूमिका समेत महत्वपूर्ण रहेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्