कैलाली । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेहरूको नाम टुंगो लगाएको छ । सोमबार बिहान बसेको प्रदेश संसदीय दलले बैठकले मन्त्रीहरुको नाम टुंग्याएको हो ।
सुदूरपश्चिममा मेघराज खडकाले सामाजिक विकासमन्त्रीको जिम्मेवारी पाएका छन् भने सरस्वती खडकाले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन् ।
यस्तै, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउने भएका छन् भने प्रकाशबहादुर बमले आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ ।
आज ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिँदैछन् । त्यसलगत्तै मन्त्रीहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ । एमालेले पनि दलको बैठकबाट मन्त्रीको नाम टुंगो लगाउँदै छ । एमालेबाट पुरानै तीनजना मन्त्री बन्ने सम्भावना रहेको छ ।
एमालेको समर्थनमा शाह आइतबार मुख्यमन्त्री नियुक्त भएका थिए ।