काठमाडौं, २१ बैशाख ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले २६ बैशाखमा संघीय संसदको बर्खे अधिवेश डाक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बजेट अधिवेशन भएकाले बैशाख अन्तिम साताभित्र संसद बैठक डाक्नुपर्ने अवस्था थियो । बजेट अघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गर्नुपर्ने हुन्छ ।
सामाजिक दूरी कायम गरी संसदको अधिवेशन सुरु गर्न लागिएको हो । सरकारले १५ जेठमा बजेट ल्याउँदैछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताबद्ध भएको भन्दै खुशीका साथ नजिता देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।