Logo
Logo

एनआइसी एशिया बैंकको नाफा १ अर्ब ३८ करोड


189
Shares

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ४४ करोड नाफा आर्जन गरेको एनआईसी एशिया बैंकले आर्थिक वर्ष ०८०/८१ मा एक अर्ब ३८ करोड १८ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ ।

बैंकको नाफामा ६८.९१ प्रतिशतको गिरावट आएको छ । तर, बैंकका अन्य सूचकहरु पनि मध्यमस्तरकै देखिन्छन् । बैंकका अनुसार खुद ब्याज आम्दानी १० अर्ब ६१ करोड रहेको छ । अघिल्लो वर्ष सोहि अवधिमा बैंकको खुद ब्याज १२ अर्ब २५ करोड रहेको थियो ।

चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ५५ करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी ९.२६ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २०२.२६ रुपैयाँ रहेको छ । यसैगरी, बैंकको वितरणयोग्य नाफा २ अर्ब ३० करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

बैंकले हालसम्म ३ खर्ब ५४ करोड निक्षेप संकलन गरि २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.६४ प्रतिशत पुगेको छ । एनआईसी एशिया बैंकको कस्ट अफ फण्ड ६.९६ प्रतिशत छ । सीडी रेसिया ७७.९८ प्रतिशत रहँदा स्प्रेड दर ३.९९ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्