Logo
Logo

डिएसपीमाथि छानबिन सुरु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ बैशाख ।
रामेछापस्थित गुल्मका गुल्मपति डिएसपी रमेश कुमार थापामाथि सशस्त्र प्रहरी मुख्यालयले छानबिन थालेको छ । उनले गुल्ममा राशनमा अनियमितता गरेको समाचार दृष्टिन्यूजमा आएपछि छानबिन सुरु भएको हो ।


उता डिएपी थापा भने आफुबाट गल्ती भएको भन्दै उजुरी नगर्न गुल्मका प्रहरीलाई फकाउन थालेका छन् । समाचार प्रकाशित भए पछि उनले आफु मातहतका सबैलाइ भेला जम्मा पारेर पिर मर्का केही छ भनेर सोधेका थिए । त्यसबेला सबैले छैन भने पनि प्रत्येक कर्मचारिको गुनासो रहेको बताइन्छ । सिधैं गुनासो सुनाउँदा कारबाही गर्ने डरले कोही नबोलेका हुन् । लकडाउन अघि उनले राशनभत्ता हिनामिना गर्न ठूलो संख्यामा कर्मचारी बिदामा छाडेका थिए । प्रहरी बिदामा गएको समयको राशनभत्ता हाकिमले नै खाने गरेका छन् ।
गुणस्तरीय राशन खुवाउन नसकेको , खर्च जोगाएर पैसा आफु राख्न सानो सानो हिसाब पनि आफै हेर्ने , मातहतको पिरमर्का नसुन्ने गरेको प्रहरीहरुको गुनासो छ । लकडाउनको समयमा पनि डिउटी भन्दा अन्यत्र ध्यान दिएको आरोप उनीमाथि छ ।

प्रतिक्रिया दिनुहोस्