Logo
Logo

नविल बैंकको नाफा ७ अर्ब ६ करोड


252
Shares

काठमाडौं । नविल बैंकले आर्थिक वर्ष २०८०/०८१ मा ७ अर्ब ६ करोड मुनाफा आर्जन गरेको हो । बैंकले अघिल्लो वर्षको तुलनामा नाफा बढेको हो । आर्थिक वर्ष २०७९/०८० मा बैंकले ६ अर्ब ६० करोड नाफा गरेको थियो ।

वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धैरै नाफा कमाउने बैंक नविल बनेको छ । बैंकको ब्याज आम्दानी ८.६९ प्रतिशतले गिरावट देखिएको छ । कम्पनीको सञ्चालन मुनाफा ६.५१ प्रशितले बढेको छ । बैंकले खराब कर्जा घटाउन ठूलो मिहनेत गरेको देखिन्छ ।

गतवर्ष बैंकले १.१८ प्रतिशत रहेको खराब कर्जालाई १.०७ प्रतिशतमै सिमित गरेको छ । बैंकले नाफामा सुधार गरेसँगै प्रति शेयर आम्दानीमा पनि सुधार गरेको छ । अब बैंकको प्रतिशेयर आम्दानी २६.९ रुपैयाँ पुगेको छ ।

बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८५ करोड छ । बैंकले निक्षेप संकलन १६.४४ प्रतिशतले बढाएको छ भने कर्जा विस्तार १२.९४ प्रतिशतले बढाएको छ । २७ अर्ब ५ करोड चुक्ता पुँजी रहेको बैंकमा ३२ अर्ब ५१ करोड जगेडा कोषमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्