Logo
Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५ अर्ब १९ करोड


315
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षमा पाँच अर्ब १९ करोड रुपैयाँ नाफा आर्जएन गरेको छ । बैंकको यो नाफा आर्थिक वर्ष २०७९।८० को असार मसान्तको तुलनामा ३९.७१ प्रतिशतले बढी हो ।

बैंकले आव २०७९।८० को असार मसान्तसम्ममा जम्मा ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत र सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेको छ । बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेर १५.२३ रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ ।

बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक देखिन्छ । चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ छ । बैंकले गत आवमा निक्षेप १३.८३ प्रतिशत बढेको बढाउन सफल भएको छ भने कर्जा विस्तार १.५४ प्रतिशत मात्रै गरेको छ ।

प्रतिक्रिया दिनुहोस्