Logo
Logo

बाजुरामा कोभिड-१९ को स्वाव संकलन केन्द्र स्थापना


नन्दा थापा

0
Shares

  • नन्दा थापा

वैशाख, २१ बाजुरा । सदरमुकाम मार्तडीमा कोरोना भाइरसको स्वाब संकलन केन्द्र स्थापना गरिएको छ ।
स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै नेपाल इन्जिनियर यसोसियनको सहयोगमा केन्द्र स्थापना गरिएको हो । संक्रमितहरुका लागि बनाइएको आइसोलशन कक्षनजिकै स्वाब संकलन केन्द्रको स्थापना गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
कोरोना संक्रमणको उपचार सेवाका लागि आएका बिशषेज्ञ टोलीका सदस्य डाक्टरहरु मध्य डाक्टर मोहन नाथ र डाक्टर क्षितिज सापकोटाको बिषेश पहल तथा नेपाल ईन्जिनियर एसोसियनको आर्थिक सहयोगमा केन्द्र सञ्चालन गरिएको डाक्टर मोहन नाथले बताएका छन् । स्वास्थ्य कर्मीलाई संकलन केन्द्र स्थापनासँगै जोखिम कम हुने डाक्टर नाथको भनाई छ ।
उदयपुरमा राख्ने लक्ष्य राखिएपनि दुर्गम जिल्ला भएकोले बाजुरामा स्वाबको नमुना संकलन केन्द्र बनाएको नेपाल ईन्जीनियर यसोसियनका सचिव इन्जीनीयर शुभराज न्यौपानेले बताएका छन् ।
सुदुर पश्चिम विश्व बिद्यालयअन्र्तगत स्वयम सेवक बिद्याथीहरुले संकलन केन्द्रको निर्माण कार्य गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताएका छन् । स्वाव संकलन केन्द्र स्थापना पछि स्वास्थ्य कर्मीहरुका लागि पिपिइ सेट मध्य गोलब्स ( पन्जा) बाहेक अरु सेटको आवश्यकता नपर्ने बताईएको छ ।

यसैबीच लकडाउनका कारण सीमा नाकामै क्वारेन्टाइनमा बसेका १३ जना बाजुराका स्थानीय जिल्ला आइपुगेका छन् । उनीहरुलाई सम्बन्धीत स्थानीय तहमा पठाईसकिएको छ । तर स्वास्थ्य कार्यालय बाजुरामा भने कुन ठाउँमा कति जना पठाएको भन्ने तथ्याकं भोलि मात्र आइपुग्ने भएकोले थप ४ जनाको मात्रै नाम थपिएको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।
कार्यालयका अनुसार हालसम्म ४४६ जना क्वारेन्टाइनमा बसेको र ती मध्ये १ सय ४३ जना अवधी सकिएर फर्किसकेका छन् । हाल जिल्लाका २६ वटा क्वारेन्टाइनमा ३०३ जना रहेको बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् । आज थप भएका बारे जानकारी नभएपनि स्वामिकात्र्तिकमा भारतबाट आएकाहरुलाई अलग बसाउन आग्रह गरेको खबर प्राप्त भएको छ । देश भित्रबाटै आएकाहरु र भारतबाट आएकालाई बसाइ व्यवस्थापन अलग गर्न माग उनीहरुले गरेका छन् ।
बाजुरा हुँदै आजमात्र हुम्लाका ३० जना, जुम्लाका १९ जना, मुगुका ३० जना र बाजुराका १३ जना मार्तडी हुँदै आफ्नो गन्तव्य लागेका छन् । उनीहरु भारतको धार्चुला क्वारेनटाइनमा ३५ दिनबसेर आफ्नो घर आएका हुन् । उनीहरुले यहाँ पनि कम्तीमा १४ देखि २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्