Logo
Logo

हसिनाको गन्तव्य अझै अन्योलमा


1k
Shares

नयाँदिल्ली । बंगलादेशबाट बाहिरिएकी पूर्वप्रधानमन्त्री शेख हसिना बाजेदको अन्तिम गन्तव्य कता हो भन्ने अझै टुंगो लागेको छैन ।

हसिनाले भारतबाट कहाँ जाने भन्नेबारे अझै निर्णय गरिनसकेको उनका छोराले बताएका छन् । हसिनाका छोरा सजिव वाजेदले जर्मनीको एक संचारमाध्यमलाई अन्तर्वार्ता दिँदै उनी अझै केही दिन दिल्लीमै रहने बताएका छन् ।

अन्तिम समयसम्म हसिनाले बंगलादेश छाड्न नचाहेको पनि उनले उल्लेख गरेका छन् । ‘उहाँले बंगलादेश छाड्न मान्नुभएको थिएन, मैले मनाउनुपर्‍यो’ वाजेदले अन्तर्वार्तामा भनेका छन्, ‘जब मैले यो राजनीतिक आन्दोलन होइन। यो भीड हो उनीहरुले तपाईंलाई मार्छन् भनेपछि मात्र उहाँ बाहिरिन राजी हुनुभएको हो

अमेरिकाले उनको भिसा रद्द गरेको छ भने बेलायतले पनि उनलाई शरण दिन अस्विकार गरेको छ । उनका नजिकका नातेदार बस्ने गरेको अमेरिका, बेलायत, फिनल्यान्ड र भारतभन्दा पनि अब यूएई र साउदी अरेबियाको विकल्पबारेमा छलफल गर्न थालिएको बताइएको छ ।

सोमबार ढाकाबाट भारत गएकी उनी अहिले बहिनी शेख रेहनासँग भारतको ‘सेफ हाउस’मा बस्दै आएका छन् । उनी लामो समयसम्म भारतमा बस्दा बंगलादेशसँगको सम्बन्धमा असर गर्न सक्ने भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार चिन्तित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्