Logo
Logo

म्याग्दी डेङ्गुको उच्च जोखिममा : एकै दिन तीन जना अस्पतालमा भर्ना


- दृष्टि न्युज/संवाददाता

0
Shares

म्याग्दी,  बैशाख । म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गु संक्रमण देखिएको छ ।
बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा संक्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेङ्गु संक्रमितको संख्या पाँच पुगेको छ ।
एक्कासि टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नं ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले बताए ।
‘म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेङ्गु संक्रमित भेटिएका छन्, उनीहरूको ‘ट्राभल हिस्ट्री’ पनि छैन’ डा बस्ताकोटीले भने । वैशाख महिनामा चार पुरुष र एक महिलामा डेङ्गुको संक्रमण देखिएसँगै म्याग्दी डेङ्गु रोगको जोेखिम उच्च रहेको डा बस्ताकोटीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्