Logo
Logo

हुन्डाईको नयाँ क्रेटा सार्वजनिक


567
Shares

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ ।

उत्कृष्ट डिजाइन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय: हरेक उमेरका ग्राहकलाई सुहाउने नयाँ क्रेटा धेरैको रोजाइ र यात्राको साथी बन्ने विश्वास कम्पनीको छ । मिड साइज एसयुभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरू रहेका छन् ।

नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लिक क्वाड बिम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय हिलहरू पनि रहेको कम्पनीको भनाइ छ । त्यसैगरी, पछाडि भागमा कनेक्टिङ एलइडी हेडलाइट सेटअप र रिडिजाइन गरिएको बम्पर समावेश गरिएको छ ।

कम्पनीका अनुसार नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधा प्रदान गरिएको छ । यसमा रहेको ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभिएम), ब्लाइन्ड स्पट भ्यू मोनिटर (बिभीएम), अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेसर मोनिटरिङ सिस्टम (हाइलाइन) ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको छ ।

१.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ । गियर ट्रान्समिसनको विकल्पमा एमटी, एटी र आइभिटी उपलब्ध रहेको कम्पनीले जनाएको छ । नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्