Logo
Logo

ऋषिको अधुरो फिल्म पूरा गरिँदै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ बैशाख । बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको अधुरो फिल्म पूरा गरेर रिलिज गरिने भएको छ । अभिनेता कपुरको बिहीबार क्यान्सरका कारण ६७ वर्षको उमेरमा निधन भएपछि उनले गर्दै गरेको फिल्मलाई पूरा गरिने भारतीय मिडियाले जनाएको छन् ।
दुई वर्षअघि आफूमा क्यान्सर देखिएपछि उनले अमेरिका गएर उपचार गराएर गत वर्षमात्र भारत फर्किएका थिए । त्यसपछि आफ्नो स्वास्थ्यमा सुधार आएपछि उनले दुई फिल्म साइन गरेका थिए, । उनले ‘शर्माजी नमकिन’ र ‘इन्टर्न’ साइन गरेका थिए । त्यसमध्ये फिल्म ‘इन्टर्न’को शुटिङ नै सुरु भएको थिएन । अर्को फिल्म ‘शर्माजी नमकीन’को भने गत वर्ष डिसेम्बरमा फ्लोरमा गएको थियो । जुन फिल्म नै अभिेनता ऋषि कपुरका लागि अन्तिम फिल्म साबित भएको छ ।
फिल्म ‘शर्माजी नमकीन’मा उनी मुख्य भूमिकामा छन् र फिल्ममा जुही चावला पनि छिन् । उनले आफ्नो धेरैजसो शुटिङ सकिसकेका थिए । केही शुटिङ मात्र बा“की थियो । तर, ती फिल्मका निर्माताहरु रितेश सिधवानी र फरहान अख्तरले उक्त फिल्मलाई जसरी भएपनि रिलिज गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरु फिल्मको बा“की शुटिङ कसरी गर्ने भन्नेतर्फ सोचिरहेको भारतीय मिडियाले जनाएका छन् । फिल्मको निर्देशन हितेश भाटियाले गर्दैछन् । यो उनको पहिलो फिल्म पनि हो ।

प्रतिक्रिया दिनुहोस्