Logo
Logo

युनुसअघि नोबेल शान्ति पुरस्कार जित्ने र नेता बन्ने सत्ता विरोधीहरू


567
Shares

काठमाडौं । विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहपछि कार्यवाहक सरकारको नेतृत्व गर्न बिहीबार बङ्गलादेश फर्किएका मुहम्मद युनुसअघि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने धेरै सत्ता विरोधीहरूले पछिल्लो ३५ वर्षमा आफ्नो मुलुकमा शासन गरेका थिए ।

म्यान्मार : आङ सान सु की
सैन्य शासनकालमा करिब दुई दशकसम्म घरमै नजरबन्दमा रहेकी सु कीलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

अन्ततः सेनाले सन् २०१० मा उनलाई स्वतन्त्रता प्रदान गर्यो । उनी सन् २०१६ मा सत्तामा आइन् र सन् २०२१ सम्म शासन गर्नुभयो । तर रोहिङ्ग्या सङ्कटलाई सम्बोधन गर्ने उनको सरकारको तरिकाबाट विदेशमा उनको विरासतलाई धेरै क्षति भयो ।

सन् २०१७ को सेनाको कारवाहीप्रति विश्वव्यापी रूपमा घृणा उत्पन्न भएको थियो । सेनाले अल्पसङ्ख्यक रोहिङ्ग्याका करिब सात लाख ५० हजार सदस्यलाई आफ्नो जलिरहेको गाउँबाट छिमेकी बङ्गलादेशमा भाग्न बाध्य बनाएको थियो ।

सन् २०२१ फेब्रुअरीमा सैन्य विद्रोहबाट सु कीको सरकार अपदस्थ भएपछि उनलाई हिरासतमा लिइएको थियो । यसबाट म्यान्मामा संक्षिप्त लोकतान्त्रिक प्रयोग समाप्त भयो र व्यापक विरोध प्रदर्शन सुरु भयो । त्यसपछि उनलाई जुन्ता नियन्त्रित मुलुक म्यान्मामा २७ वर्षको जेल सजाय भयो ।

पूर्वी टिमोर : जोस रामोस–होर्टा

स्वतन्त्रता समर्थक जोस रामोस–होर्टालाई सन् १९९६ मा क्याथोलिक विशप कार्लोस जिमेनेस फिलिप बेलोसँगै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

रामोस–होर्टालाई दुई लाख मानिसको ज्यान लिने तीतो द्वन्द्वको अन्त्य गर्ने प्रयासका लागि उक्त पुरस्कार प्रदान गरिएको थियो । इन्डोनेसियाले सन् १९७६ मा पूर्वी टिमोरलाई कब्जामा लिएको थियो ।

रामोस–होर्टाले पहिलो पटक सन् २००७ देखि सन् २०१२ सम्म दक्षिणपूर्वी एसियाको सबैभन्दा कान्छो मुलुक पूर्वी टिमोरको राष्ट्रपतिका रूपमा काम गरे। उनी मुलुकको पहिलो प्रधानमन्त्री पनि थिए । सन् २००८ को हत्या प्रयासबाट बाँचेका उनी सन् २०२२ मेदेखि पुनः राष्ट्रपति छन् ।

दक्षिण कोरिया : किम–दाए–जुङ
हत्या प्रयास र मृत्युदण्डबाट बच्नुभएका दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम–दाए–जुङ अथक प्रजातन्त्र अभियानकर्ता थिए ।
दशकौँमा दक्षिण कोरियाको पहिलो उदारवादी राष्ट्रपति उहाँले उत्तर कोरियासँग संलग्न हुने ‘सनसाइन पोलिसी’ को स्थापना गरे र कोरियाली युद्धपछि पहिलो अन्तर–कोरयाली शिखर सम्मेलनका लागि सन् २००० मा प्योङयाङको भ्रमण गरे । सोही वर्ष उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो ।

उनी सन् १९९८ देखि सन् २००३ सम्म दक्षिण कोरियाको राष्ट्रपति हुनुहुन्थ्यो । सन् २००९ मा उनकाे निधन भयो ।

दक्षिण अफ्रिका : नेल्सन मन्डेला

दक्षिण अफ्रिकाको रङ्गभेदविरोधी प्रतीक मन्डेला र निवर्तमान श्वेत राष्ट्रपति फ्रेडरिक डि क्लार्कले सन् १९९३ मा नोबेल शान्ति पुरस्कार जितेका थिए । मन्डेलालाई २७ वर्षसम्म जेलमा राखियो र सन् १९९० मा उन रिहाइले रङ्गभेदको अन्त्य भयो ।
सन् १९९४ मा उनी दक्षिण अफ्रिकाको पहिलो लोकतान्त्रिकरूपमा निर्वाचित राष्ट्रपति बने । उनले पाँच वर्षको कार्यकाल पूरा गरे ।

पदभार ग्रहण गर्दा उहाँले आफैँ र विश्वको शान्तिमा इन्द्रेणी मुलुकतर्फ काम गरिरहेको बताउनुभएको थियो । उनको सन् २०१३ मा ९५ वर्षको उमेरमा निधन भयो ।

पोल्यान्ड : लेक वालेसा
कम्युनिस्ट ब्लकको पहिलो र एकमात्र स्वतन्त्र ट्रेड युनियन, सोलिडारिटीका नेता वालेसाले सन् १९८३ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।

उनी सन् १९९० मा युद्धपछि पोल्यान्डको पहिलो लोकतान्त्रिकरूपमा निर्वाचित राष्ट्रपति थिए । उनले दोस्रो विश्व युद्धपछि मुलुकमा तैनाथ सोभियत सङ्घका सैनिकहरूको प्रस्थानलाई सुनिश्चित गरे । सन् १९९५ र सन् २००० को निर्वाचनमा उनी पराजित भए ।

सार्वजनिक भाषणमा फर्केर उहाँले विश्व यात्रा गर्नुभयो र शान्तिपूर्ण सङ्क्रमणको सन्देश फैलाए । उनीमाथि बारम्बार डरलाग्दो गोप्य सेवासँग एजेन्ट कोड ‘बोलेक’ नामको रूपमा काम गरेको आरोप लगाइएको थियो जसलाई उनले अस्वीकार गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्