Logo
Logo

फेसियल के हो र यसले फाइदा के गर्छ ?


6.2k
Shares

फेसियल हामी सबैजनाले सुनिरहेको र हामीमध्ये धेरै जनाले प्रयोग गर्दै आइरहेको एक साधारण पद्यति हो । यसले छालालाई भित्रैबाट सफाइ गरी छालालाई स्वस्थ स्फूर्त र सुन्दर बनाउन मदत गर्दछ । छाला हाम्रो शरिरको सबैभन्दा ठुलो अंग हो, जसले शरिरको अन्य सम्पुर्ण भागलाई ढाकेर सुरक्षा प्रदान गरिरहेको हुन्छ । छालाको स्याहारको कुरा गर्नुपर्दा सबैभन्दा पहिला अनुहारको छालाको कुरा आउँछ ।

अन्य भागको तुलनामा अनुहारको छाला अलि संवेदनशील र समस्यायुतm हुन्छ । अनुहारको छालाले र यसको अवस्थाले हाम्रो सुन्दरतामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । स्वयस्थ छालाले मानिसलाई सुन्दर बनाउन र व्यतिmत्व निखार्नका लागि महत्वपुर्ण भुमिका खेल्दछ । छाला स्वस्थ सुन्दर राख्न आजकल विभिन्न सौन्दर्य सामग्री प्रयोगमा आउने गर्दछ । विभिन्न फेसियल तथा मेडिकल उपचार गर्ने गरिन्छ ।

फेसियलका फाइदाहरु
– दक्ष तथा अनुभवी व्यतिmको हातबाट गरिने फेसियलले अनुहारको छालाको लागि मात्र नभएर सम्पुर्ण शरिरको लागि प्राकृतिक थेरापीको रुपमा फाइदा गर्दछ । नियमित गरिने फेसियलले छालालाई भित्रबाट स्वस्थ बनाई जवान राख्न मद्यत गर्दछ ।

– फेसियल गर्दा छालामा गरिने मालिसले रक्तसन्चार वृदि गराई छालालाई स्वस्थ बनाउन मदत गर्दछ । यसले गर्दा छालामा अक्सिजनको पनि प्रवाह बढद्छ र छालाको सामान्य समस्याहरु आफै हटद्छ र छाला स्वस्थ हुन्छ ।

– फेसियलमा गरिने विशेष मालिसले छाला तथा मांशपेशीलाई कसिलो बनाउदछ र छालालाई चाडै चाउरी पर्नै दिदैन ।

– छालामा नयां कोषिका निमार्ण गर्नैको लागि तथा कोलाजन उत्पादनमा पनि मदत गर्दछ जसले गर्दा छालाबाट धाग धब्बा मसिनो धर्सा तथा चाउरीपना कम हुन्छ । र छालालाई जवान बनाइराख्न मदत गर्दछ ।

– फेसियल गर्दा छालाबाट अनावश्यक मृत कोषिका हटाउदछ र छालालाई भित्रैबाट सफा गरी छालालाई स्वस्थ मुलायम सुन्दर बनाउछ ।

– फेसियलले अनुहारको छालालाई मात्र होइन सम्पुर्ण शरिरलाई आनन्दित गराई दिमागबाट पनि तनाव कम गर्दछ । विशेषज्ञको हातबाट गरिने फेसियल र मालिसले दिमाग तथा आत्मालाई पनि सन्तुलित राख्दछ । यसले एक प्राकृतिका थेरापीको रुपमा काम गर्दछ ।

– फेसियल गर्दा आंखा वरिपरिका विभिन्न समस्याहरु कम गर्दछ । उमेर बढे सगै आँखा वरिपरि चाउरी पर्नै डार्क सर्कल बढ्ने तथा वरिपरि फुलिने जस्ता समस्या बढ्दछ । जसले गर्दा बुढयौलीपना बढाउछ । गुणस्तरीय फेसियलले आखां वरिपरि समस्याहरु कम गर्दछ । त्यसैले आखाको थकानलाई पनि हटाउछ र स्फूर्त बनाउदछ ।

– फेसियलले छालाबाट विकार निष्काशन गर्दछ । यसमा गरिने विशेष मालिसले छालाबाट अनावश्यक विकार निष्काशन गरी स्वस्थ बनाउछ र छालाको इम्यून सिस्टम मजबुत बनाउछ ।

फेसियलमा प्रयोग हुने सामग्रीहरु
फेसियल गर्दा विभिन्न सामग्री प्रयोग हुन्छ ती सवैका आ आफनै कार्य हुन्छ ।

क्लिन्जर
क्लिन्जरले छालामा भएको तेल फोहोर धुलोहरु हटाएर फेसियल उपचार गर्नका लागि छालालाई तयार गर्दछ । यसले छालाको रोमछिद्धहरु खुलाएर भित्रबाटै छालालाई सफा गर्दछ ।

स्क्रब
स्क्रब एउटा महत्वपुर्ण सामग्री हो फेसियलको लागि यसमा मसिना मसिना दानाहरु हुन्छन जसले छालामा भएको मृत कोषिकाहरुलाई हटाउन मदत गर्दछ । मृत कोषिकाले छालालाई फुस्रो देखाउछ त्यसैले फेसियल गर्दा स्क्रब गर्न जरुरी हुन्छ ।

मसाज क्रिम
फेसियल गर्दा प्रयोग हुने मसाज क्रिमले छालालाई इनग्रेडिण्टसले छालालाई स्वस्थ बनाउछ र छालाको समस्याहरुको समाधान गर्दछ । मसाज क्रिम छालाको प्रकृति र अवस्था हेरेर चयन गर्नु पर्दछ । यसले मसाज गर्दा सहज पनि बनाउदछ ।

मास्क
फेसियल मास्क विभिन्न प्रकारको प्रयोग हुन्छ यसले छालालाई कसिलो बनाउने , गोरो बनाउने र चम्किलो बनाउने रोमछिद्धहरु बन्द गर्न चाउरीपन हटाउने छालालाई भित्रबाट स्वस्थ बनाउने काम गर्दछ । छालाका प्रकार र समस्या अनुसार पिल अप मास्क, मड मास्क, जेल मास्क, क्रिम मास्क सिट मास्कहरुको प्रयोग गर्न सकिन्छ । यसले छालाको साधारण समस्याहरु निको पार्दछ ।

टोनर
टोनरले छालालाई कसिलो बनाउने मद्दत गर्दछ । यसले रोमछिद्धहरु बन्द गर्दछ । छालाको यि एच व्यालेन्स गर्छ र छालालाई स्वस्थ र फ्र्र्रेस बनाउदछ ।

सिरम
छालाको विभिन्न समस्याहरुको आधारमा सिरमको चयन र प्रयोग गर्न गरिन्छ । यसले छालाको भित्रतहसम्म पुगेर समस्या समाधान गरिन्छ । सही सिरमले छालालाई सदा जवान बनाइराख्न मदत गर्दछ । साधारण तथा फेसियल गर्दा प्रयोग हुने यी माथिका सामग्रीहरु बाहेक अरु पनि धेरै सामग्री प्रयोग हुन्छ्न । दक्ष व्यक्तिले छालाको समस्या र अवस्था अनुसार सामग्रीहरु प्रयोग गर्ने गर्दछन ।

फेसियल गर्दा ध्यान दिनुपर्ने कुराहरु
फेसियल एक साधारण छाला स्याहारको प्रक्रिया भनेपनि यसले प्रत्यक्ष छालाको विज्ञानसँग सम्बन्ध राख्दछ । यसमा प्रयोग हुने सामग्री तथा गरिदिने व्यक्तिले छालाको स्वास्थ्यमा प्रभाव पादैफेसियल एक साधारण छाला स्याहारको प्रक्रिया भनेपनि यसले प्रत्यक्ष छालाको विज्ञान सगँ सम्बन्ध राख्दछ ।

यसमा प्रयोग हुने सामग्री तथा गरिदिने व्यक्तिले छालाको स्वास्थ्यमा प्रभाव पार्दंछ । त्यसैले सधै दक्ष र अनुभवी व्यक्तिको हातबाट गर्नुपर्दछ । छाला स्वास्थ्य राख्न हरेक महिनामा एक पटक गर्दा छालाको समस्या कम हुन्छ भने अरु थप समस्या पनि आउन दिदैन । प्रयोग गर्ने सामग्री पनि गुणस्तरिय र छालाको प्रकार अनुरुप हुनुपर्दछ ।

फेसियल कस्तो बेला गर्न मिल्दैन
छालामा एलर्जी भएको बेला, घाउ भएको बेला, सुनिएको अवस्थामा डण्डीफोर धेरै भएको बेला, कुनै केमिकल प्रयोग भएको बेला फेसियल गर्न मिल्दैन । गर्नुपरेमा छालाको विशेषज्ञको सल्लाहमा मात्र गर्नुपर्छ । गर्भ अवस्थामा पनि फेसियल गर्दा विशेष विचार पु¥याउनुपर्छ ।

छालासम्बन्धि ज्ञान भएको दक्ष व्यक्तिको हातबाट गरिने फेसियलले छालालाई सधै जवान राख्न मद्दत गर्दछ । यसले छालाको दागधब्बा हटाइ चाउरीपन कम गर्दछ । यसले गर्दा केही समयको लागि भएपनि आफ्नो उमेरलाई ढाक्न सकिन्छ तर फेसियलमात्र पर्याप्त हुँदैन ।

यसको साथै घरमा प्रयोग हुने स्कीन केयर रुटिनलाई राम्रोसँग फ्लो गर्नुपर्छ । साथसाथै स्वास्थ्य जीवनशैली, स्वास्थ्य खानपान, सकरात्मक सोच तथा प्रस्तुतीले कुनैपनि व्यक्तिलाई सुन्दर बनाउँदछ । यद्यपि, स्वस्थ्य र सुन्दर छालाले व्यक्तित्व निखार गर्न सशक्त भुमिका खेल्दछ ।

(लेखक कस्मेटोलोजिष्ट, एस्थेटिसियन, एरोमा थेरापिस्ट हुन् )

प्रतिक्रिया दिनुहोस्