काठमाडौं । प्रभु बैंक लिमिटेडले प्युठान नगरपालिका-४ स्थित बिजुवारमा ३१५औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिजुवारमा साउन २५ गतदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
जिल्ला समन्वय समिति प्रमुुख धरम बहादुर जीसीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ । बैंकको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरू २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।