Logo
Logo

सिटिजन्स बैंककाे संस्थापक सेयर बिक्रीमा


378
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी रम्भा पाण्डे (शर्मा) को नाममा रहेको २ लाख २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका अनुसार उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य १ सय रुपैयाँ रहेको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय नारायणहिटी काठमाडौंका आवेनद पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्