Logo
Logo

माछापुच्छ्रे बैंक र इ-क्यान झापाबीच समझदारी 


252
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान-झापा) बीच विशेष बैङ्किङ सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । 

सम्झौतापत्रमा इ-क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुवेदी तथा माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गरेका हुन् ।यो संगै इ-क्यान, झापामा आवद्ध परामर्शदाताहरुलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैङ्किङ सेवाहरू सरल र सहज रुपमा उपलब्ध गराउनेछ । 

इक्यान-झापामा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढङ्गले शैक्षिक कर्जा प्राप्त गर्ने, द्रुत भुक्तानीमार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्