Logo
Logo

प्रचण्डको आलोचना गर्दा पक्राउ परेका पत्रकार पाठक धरौटीमा छुटे


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० बैशाख ।
फेसबुकमा नेकपाका अध्यक्ष प्रचण्डको आलोचना गरेको आरोपमा पक्राउ परेका पत्रकार दीपक पाठक धरौटीमा छुटेका छन् । सोमबार जिल्ला अदालत काठमाडौंको आदेशले उनी ३० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।


गत बिहीबार प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधको मुद्दा दायर गरिएको थियो । आलोचना गरेकै आधारमा पत्रकारलाई पक्राउ गरेको भन्दै प्रहरीको कदमको आलोचना भएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाको उजुरीमा उनी पक्राउ परेका हुन् ,। पत्रकार पाठक रेडियो नेपालका बोर्ड सदस्य हुन् । उनी प्रधानमन्त्री केपी ओलीका निकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्