Logo
Logo

हिमालयन बैंकको दुई शाखा स्थानान्तरण


567
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखा र धनुषा जिल्ला, मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा- २ लाई स्थानान्तरण गरी आजदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको छ ।

बैंकले ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका-२७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा- २ लाई जनकपुरधाम, धनुषा जिल्ला पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।

बनको सुनाकोठी शाखाको शुभारम्भ, सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले बनका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका छन् ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २७२ एटिएम ६,५०० भन्दा बढी एइक् त्भचmष्लबकि र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्