Logo
Logo

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा साढे ५७ कराेड


189
Shares

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ०८०/०८१ को नाफा ५७ करोड ५९ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २६.५३ प्रतिशतले नाफामा गिरावट आएको हो ।

अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा कम्पनीको खुद नाफा ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो । गत आवमा कम्पनीको खुद बीमा शुल्क आम्दानी ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कमिसन आम्दानी ६ करोड ५६ लाख रुपैयाँमा रहँदा कुल खर्च ३ अर्ब ८७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको लगानी र ऋणबाट आम्दानी ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १४.५१ रुपैयाँ पुगेको छ भने नेटर्वथ १५७.८७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्