काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा आईएमई लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । आइतबार आईएमई लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा २५ प्रतिशत बोनस बापतको १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको हो । साथै, अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।