Logo
Logo

सानिमा बैंकका ग्राहकलाई बुद्ध एयरमा ८ प्रतिशत छुट


504
Shares

काठमाडौं । सानिमा बैंक र बुद्ध एयरबीच विशेष छुट सम्झौता भएको छ । बैंक र बुद्ध एयरबीच बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

छुटका लागि ग्राहकले बुद्ध एयरको कार्यालय वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । बैंकले यसैगरी ग्राहकलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

छुटको विस्तृत विवरण बैंकको वेबसाईट 6 https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्