काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३८ हजार ५ सय ५७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय ४५ रुपैयाँ तोकिएको छ । सेयर खरिदको लागि संस्थापक सेयर धनीहरुले आवश्यक कागजात सङ्कलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा सेयर सङ्ख्या खुलाई न्यूनतम १० हजार कित्ताको लागि आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयभित्र संस्थापक सेयर धनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।