Logo
Logo

आइएमई लाइफको सीइओमा दोहोरिए कवि फुयाँल


252
Shares

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा कवि फुयाँल दोहोरिएका छन् । कम्पनीको सीईओमा फुयाँललाई दोहोर्याउने सञ्चालक समितिको बैठकको निर्णय अनुसार नेपाल बीमा प्राधिकरणले समेत स्वीकृति दिएपछि फुयाँलको कार्यकाल औपचारिक रुपममै थपिएको हो ।

आइएमई लाइफको साउन १४ गते बसेको २०१ औं सञ्चालक समिति बैठकले फुयाँललाई सीईओमा दोहोर्याउने निर्णय गरेको थियो । अब फुयाँलले अर्काे चार बर्षसम्म कम्पनीको व्यवस्थापकिय नेतृत्व सम्हाल्ने छन् ।

वीमा क्षेत्रमा लामो अनुभव संगालेका फुयाँलले चार बर्षयता आईएमई लाइफलाई नेतृत्व दिँदै आएका छन् । उनकै कार्यकालमा कम्पनीले आइपीओ जारी गर्दै एक अर्व ४० करोड रुपैयाँ रहेको पूँजी बृद्धि गरी हाल पाँच अर्ब पुगेको छ । यस्तै कम्पनीले ब्यापार र वित्तिय सूचकमा पनि ठूलो फडको मारेको छ ।

प्रतिक्रिया दिनुहोस्