Logo
Logo

नेपाल-भारत सीमामा ९ हजार सुरक्षाकर्मी थप्ने तयारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २४ बैशाख । नेपालले भारतको समकक्षमा सीमा सुरक्षा चेकपोष्ट राख्ने तयारी गरेको छ । गृह मन्त्रालयले नेपाल–भारत सीमा क्षेत्रमा ५ सय १६ वटा बीओपी राखी थप ९ हजार सुरक्षाकर्मी तैनाथ गर्ने प्रस्ताव तयार गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले सीमा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बीओेपी थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको समाचार अन्नपूर्ण पोष्टले छापेको छ ।
गृहमन्त्री थापाको निर्देशनअनुरुप सशस्त्र प्रहरी बलले भारतकै बराबर बीओपी राख्ने खाका तयार पारी गृह मन्त्रालयमा समक्ष प्रस्तुत गरेको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन् ।
हाल सीमामा एक सय २१ बीओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय १६ र्पुयाउने सरकारले तयारी गरेको हो । प्रस्ताव अनुसार हालको संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्र प्रहरीको छ । हाल सरदर १५ किलोमिटरको दूरीमा रहेको बीओेपी त्यसपछि ३.५ किलोमिटरको दूरीमा रहनेछ ।
अहिले साढे २२ हजार सशस्त्र प्रहरी सीमामा खटाइएको छ । नेपालमा सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका ३७ हजार जनशक्ति छन् ।

प्रतिक्रिया दिनुहोस्