Logo
Logo

रिलायबल नेपाल लाइफ अत्तरिया शाखाद्वारा बीमा दावी भुक्तानी


189
Shares

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको अत्तरिया शाखा कार्यालयले बीमितको घरमा नै गएर उक्त दावी वापतको रकम हस्तान्तरण गरेका हुन् ।

सवारी दुर्घटनामा आफ्ना बीमितको ज्यान गुमेपछि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितका आश्रित परिवारलाई १० लाख १६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको छ । 

बीमित दुर्गा बोहराको परिवारलाई कम्पनीको अत्तरिया शाखाले एक कार्यक्रमको आयोजना गर्दै दाबी भुक्तानी रकम घरमै हस्तान्तरण गरेको हो । मृतक दुर्गाका श्रीमान, छोरा अनि आफन्तहरुकाबीच संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको हो ।

कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र विष्ट, शाखा प्रमुख मोहन बहादुर बोहरा र शाखाका एमडीआरटी प्रेम साउदले चेक मार्फत भुक्तानी दिएका हुन् । कार्यक्रममा स्थानीय बुद्धिजीवी समाजसेवी तथा गाउँवासीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

बीमित दुर्गा बोहराको असार १० गते भारतको व्यङ्लोरमा सहरमा सडक दुर्घटनामा परी ज्यान गुमेको थियो । बीमित दुर्गा बोहरा २०८० मंसिर महिनामा कम्पनीको अत्तरिया शाखाबाट ५ लाख रुपैयाँ बीमाङ्कको सुलभ जीवन बीमा पोलिसी खरिद गरेकी थिइन् ।

बीमितको परिवारले यस पोलिसीले दिएको सुविधा अनुसार दुर्घटना मृत्युबापतको सुविधा रकम, बीमाङ्क रकम र बोनस सहित १० लाख १६ हजार रुपैयाँ क्षतिपुर्ती प्राप्त गरेको प्रदेश प्रमुख चन्द्र बिष्टले जानकारी दिए । रिलायबल नेपाल लाइफका अत्तरिया शाखा प्रमुख मोहन वहादुर बोहराका अनुसार अत्तरिया शाखाबाट परेका सम्पूर्ण दाबी भुक्तानी नियमित र यसैगरी समयमै गराई सकेको र यो दाबी भुक्तानी पनि सम्पूर्ण कागजात पेश गरेको १ हप्ता भित्र दावि कर्ताको खातामा आइसकेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्