Logo
Logo

नयाँ पार्टी खोल्न सुझाब आएको छ : जनार्दन शर्मा


29.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण गर्न दिएको सुझाबलाई गलत रुपमा प्रचार गरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र काठमाडौं-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले पार्टी निर्माणका लागि आफ्नो योजनासहित दिएको सुझाबलाई पार्टी अध्यक्ष प्रचण्डलाई नेतृत्वबाट हटाउन लागेको भन्दै झुटो प्रचार भएको बताए ।

उनले आफूलाई नयाँ पार्टी खोल्नलाई पनि सुझाब आएको टिप्पणी गरे । उनले आफूलाई नयाँ पार्टी दर्ता गर्न सुझाब आएको भन्दै भने, ‘मलाई नयाँ पार्टी खोल्न सुझाब आएको छ । तर म खोल्दिन, मेरो पार्टी यो नै हो । आन्दोलनमा लागेको ६ वर्षपछि कमरेड प्रचण्डसँग भेट भएको हो । आज ६१ वर्ष भयो । आजसम्म पार्टीविरुद्ध कुनै काम गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्