Logo
Logo

कोरोना कोषलाई ॐ आदि फाउन्डेसनको सहयोग


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २४ बैशाख ।
बालज्ञानी गुरु आदित्यद्वारा स्थापित ॐ आदि फाउन्डेसन अन्तर्गतको आदित्य जनहित कल्याण कोषले नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा दुई लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । कल्याण कोषका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, कोषाध्यक्ष उद्धवकुमार केसी, शेषराज दाहाल, नरेन्द्रबहादुर श्रेष्ठ, बिनु क्षेत्रीलगायत टोलीले प्रधानमन्त्री कार्यालयका सचिव डा. तीर्थराज ढकाललाई सो सहयोग रकम सोमबार हस्तान्तरण गरेको हो ।


आदित्य जनहित कल्याण कोषले बुधबार नै काठमाडौं महानगरपालिका– ७ लाई पनि ५१ रुपैयाँ हजार सहयोग गरेको छ । वडामा राहत वितरणका लागि प्रदान गरिएको उक्त रकम ॐ आदि फाउन्डेसनका निवर्तमान अध्यक्ष शेषराज दाहालको नेतृत्वमा गएको टोलीले हस्तान्तरण गरेको हो ।
आदित्य जनहित कल्याण कोष गरिब, असहाय र आपतविपतमा परेकाहरूको सहयोगका लागि बालगुरु आदित्यको सक्रियतामा स्थापित कल्याणकारी संस्था हो । यो संस्थाले यसअघि पनि भूकम्पपीडित, बाढीपीडितलगायतलाई सहयोग र्पुयाउँदै कोषाध्यक्ष उद्धवकुमार केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्