Logo
Logo

डिआइजीको धन्दा गोरु तस्करी


21.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले विश्वास गरेर कमाण्ड दिएका शम्भू सुवेदीले कमाउने मौका यही हो भनेर पूर्वका सबै जिल्लामा रहेका कमाण्डरहरूलाई फोनमा थर्काउने गरेका छन् । विरामी पनि रहेको र घरमा पनि जाने बेला भएका कारण कमाण्डमा पठाएका अर्यालले उनले जतिसक्दो बढी कस्ने र बराह बाहिनीमा नआउनेलाई निरीक्षणको नाममा आफै पुगेर थर्काउने गरेका हुन् ।

विगतमा एकेडेमीमा हुँदा टायल प्रकरणमा मुछिएका डिआइजी सुवेदीले पूर्वमा आतंक मच्चाएको भन्दै सशस्त्र प्रहरी मुख्यालयमा उजुरी परेको छ । यतिमात्र होइन गृह मन्त्रालयमा पनि उजुरी परेको छ ।

खासगरी डिआइजी सुवेदीले मधेश प्रदेशको बाहिनी मातहत रहेका सिरहा, सप्तरी तथा बराह बाहिनी मातहत रहेको सुनसरीलगायत स्थानबाट तस्करहरूले गाई–गोरु भारतको पश्चिम बंगालतर्फ तस्करी गर्न सहजीकरण गरिदिएको स्रोतको दाबी छ ।

झापास्थित नेपाल—भारत सीमा नाकाहरू बाहुनडाँगी, नक्कलबन्द, कचनकवल र ज्यामिरीगढी हुँदै पश्चिम बंगालसम्म पु¥याउने गरेको पाइएको छ । उक्त स्थानमा पहिले पनि गाई–गोरु तस्कर हुदै आएको सूचना बाहिरिएपनि यो पटक भने प्रमाणित भएको छ ।

कतै जनपथतर्फ नेपाल प्रहरीको सेटिङमा तस्करी भइरहेको छ भने, कतै प्रहरीको आँखा छलेर तस्कर समूहले गाई–गोरु भारत निकासी गर्दै आइरहेका छन् । नेपाल भारतको खुला सीमा क्षेत्रमा अवैध रूपमा गाई–गोरु भारत निकासी गर्न उनै डिआइजीको सहयोग रहेको स्रोतको दाबी छ ।

गोरु र गाई तस्करीमा सशस्त्र प्रहरीका सुनसरी बाहिनी प्रमुख डिआइजी शम्भु सुवेदीको संलग्नता रहेको स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी सुनसरीका प्रमुख समेनन्द बज्राचार्य डिआइजीका अगाडि चुपचाप सहन बाध्य भएका छन् । डिआइजी सुवेदीको सेटिङमा घुमुवा परिचालन गर्ने र घुमुवाले गोरु तस्करबाट पैसा उठाएर डिआइजीलाई बुझाउने गरेको स्रोतले बताएको छ । यसरी सीमा सुरक्षाको जिम्मेवारी पाएका डिआईजी स्वयं यो खेलोमा लागेका छन् । राती १२ बजेदेखि बिहान ४ बजेसम्म दिनभरी बटुलेका गाई—गोरु ट्रकमा खाँदेर झापाको कन्काई नगरपालिका र मेची नगरपालिकास्थित मेची क्राउन होटल पछाडिको खाली ठाउँ जम्मा गरेर राखिने गरिएको छ ।

यसरी स्टकमा राखिएको गाई—गोरु बिहान १ बजेको समयदेखि ४ बजेसम्म बाहुनडाँगी नक्कलबन्द, कचनकवल, ज्यामिरीगढी हुँदै पश्चिम बंगाल पु¥याउने गरिएको छ । यसमा झापाका सशस्त्र प्रहरीमा एसपी कविन्द्र राईको पनि मिलमतो रहेको स्रोतले जनाएको छ । सबै सेटिङ् मिलाइसकेपछि बल्ल गाईगोरुले भरिएको ट्रक नेपालको झापाका ती नाकाहरू हुँदै भारत पु¥याउने गरेको स्रोतको दाबी छ ।

सशस्त्र प्रहरी प्रशासनकै अघि प्रहरी उच्च अधिकारीहरुको मिलेमतोमा गैरकानुनी रुपमा यति ठुलो मात्रामा गाईगोरुहरु सिमा पार गराएर तस्करीमा उनै डिआइजीका घुमुवाहरु संलग्न रहेको स्रोतले जनाएको छ ।सशस्त्रका डिआइजी शम्भु सुवेदीले आफ्ना पि.ए भूवन खड्काको सहयोगमा तस्कर जीवन थापाबाट करिब १५ दिन अघि ४ लाख २५ हजार रुपैयाँ घुस लिएको आरोप छ ।

सशस्त्रकै सादा पोसाकका निरिक्षक (इन्सपेक्टर) भीष्म सापकोटाको कमाण्डमा रहेका असई राजकुमार म्याङ्बो, अर्जुन कार्की, राम बहादुर कार्की र श्याम चौधरीले ५० हजारका दरले समेत उठाउने गरेको स्रोतको दावी छ । यसरी तस्करबाट कमिसन रकम उठाउनकै लागि सशस्त्र प्रहरीका डिआईजी सुवेदीले एउटा विशेष टोली नै बनाएर खटाएको पाइएको छ ।

तस्कर सञ्जिव घोषसँग समेत डिआइजीको निकट सम्बन्ध रहेको छ । डिआइजीका प्रिय पात्र एसपी कविन्द्र राईले पनि घोषसँगको गोप्य सेटिङमा तस्करी गर्दै आएको स्रोतले बतााएको छ । घोष कपडा र सुपारी तस्करीमा समेत संलग्न रहेको स्रोतले जनाएको छ । काकडभित्तामा सशस्त्रका डीएसपी लोकनाथ उप्रेती कमाउँ धन्दाकै लागि झापा आएका छन् । लोकनाथ उप्रेतीले तस्करी बढाएको भन्दै केही समय पहिले मुख्यालयमा उजुरी समेत परेको थियो ।

प्रतिक्रिया दिनुहोस्