Logo
Logo

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘दशैँसँग बडा अफर’ सार्वजनिक


504
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘दशैँसँग बडा अफर’ सार्वजनिक गरेको छ । बैंकले नेपालीहरूको महान चाड तीज, दशैं, छठ र तिहारलाई लक्षित गर्दै गाडी कर्जा सार्वजनिक गरेको हो ।

अटोमोबाइल एशोसिएसन अफ नेपालले आयोजना गर्ने ‘नाडा अटो शो’लाई समेत लक्षित गर्दै बैंकले योजना सार्वजनिक गरेको हो । यो योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
 
नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत ब्याजदर मै ऋण प्रवाह गर्नेछ । नयाँ गाडी खरिद गर्ने ग्राहकले  वाणिज्य बैंकमा अधिकतम १ करोड रुपैयाँसम्मको कर्जा पाइने बैंकले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस्