Logo
Logo

गौतमबुद्धको उपदेश विश्वमै लोकप्रिय : अध्यक्ष दाहाल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिनुभएका गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताएका छन् ।
२५६४औँ बुद्ध जयन्ती तथा लुम्विनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली जनसमुदाय तथा विश्वभरका बौद्धमार्गीमा आज एक शुभकामना जारी गर्दै उनले सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुता नै नेपाली समाजको विशेषता भएको जनाएका छन् ।
शुभकामना सन्देशमा बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याएकाले सबै नेपालीले गर्व गर्न सक्ने उल्लेख छ । बुद्धजयन्तीले हालसंसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्ने तागत र ऊर्जा पैदा हुन सक्ने विश्वास व्यक्त गर्दै उहाँले त्यस विरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्दै यो महामारीको विषम परिस्थितिसँग जुध्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।
त्यसैगरी अध्यक्ष दाहालले आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्