Logo
Logo

तेह्रथुमको फेदापमा एक युवाद्वारा बाबु र सौतेनी आमाको हत्या


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ बैशाख । तेह्रथुमको फेदाप गाउँपालिका- ५ (साबिक) इसिबु १ सिंगलाका एक युवाले धारिलो हत्या प्रहार गरि दुई जनाको हत्या गरेका छन् ।
बिहीबार साँझ २० वर्षीय कन्चन लिम्बूले आफ्नै बाबु अन्दाजी बर्ष ४२ को रुपबहादुर लिम्बु र सौतेनी आमा अन्दाजी बर्ष ३५ की इशा लिम्बूको बन्चरो प्रहार प्रहार गरी हत्या गरेको प्ररहीले जनाएको छ । दुवै जनाको हत्यास्थलमै मृत्य भएको जनाइएको छ । घटनालगतै फरार भएका अभियुक्त लिम्बुलाई पोक्लबाङ प्रहरी र सम्दु प्रहरी चौकीको संयुक्त टोलीले पक्राउ गरेको छ । घटना स्थलमा प्रहरी पुगि घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक तेजबहादुर दाहालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्