Logo
Logo

नागढुंगामा पहिरो, दुईतर्फी राजमार्ग अवरुद्ध


1k
Shares

काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिक पहिरो खसेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ढुंगामाटो र रुखसहित पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिरनजिक ठूलो पहिरो खसेको छ । जसका कारण आवागन अवरुद्ध भएको हो । बेला–बेला पहिरो झर्ने क्रम जारी प्रहरीले जनाएको छ । पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग बन्द भएपछि काठमाडौं आउँदै गरेका यात्रु बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्