नेकपा एकीकृत समाजवादी पार्टीको १०औँ महाधिवेशन पार्टीको इतिहासमा एक महत्वपूर्ण मोडको रूपमा भएको छ । तीन वर्षअघि विद्रोह गरेर विभाजनपछि स्थापित यो पार्टीले पहिलोपटक महाधिवेशन गरेको छ, जसले पार्टीको संगठनात्मक संरचना, नेतृत्व र आगामी कार्यदिशा निर्धारण गर्ने हो । वर्तमान राजनीतिक वातावरणमा पार्टीले आफ्नो उपस्थितिलाई सुदृढ गर्न र जनतामा पुनः विश्वास कायम गर्नका लागि महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई ठूलो चुनौती छ ।
नेकपा एमालेबाट बिद्रोह पश्चात बनेको नेकपा एकीकृत समाजवादी पार्टी २०७६ मा औपचारिक रूपमा पुनगठन भएको थियो । पार्टी विभाजनका प्रमुख कारणहरू विचारधारात्मक असहमति, पार्टीभित्रको आन्तरिक व्यवस्था, र नेतृत्वको भूमिका प्रति असन्तुष्टि लगाएत गणतन्त्र र संबिधानको बचाउ अभियान थिए । विभाजनपछि नयाँ पार्टीले आफ्ना नीति, सिद्धान्त, र कार्यक्रमहरूमार्फत आफूलाई राजनीतिक परिदृश्यमा स्थापित गर्ने प्रयास गरेको छ । तर, पार्टीलाई सुदृढ र सशक्त बनाउन अझै धेरै चुनौतीहरू सामना गर्नुपर्नेछ ।
महाधिवेशनको पहिलो र प्रमुख एजेन्डा नयाँ नेतृत्वको चयन हो । वर्तमान नेतृत्वले पार्टीलाई सही दिशा दिन असफल भएको भए पनि, यो महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्याउन सक्ने नेतृत्वको छनोट गर्नु पर्ने थियो तर त्यो हुन् सकेन । युवा नेतृत्व र पुराना नेताहरूबीचको सन्तुलनलाई ध्यानमा राखेर नेतृत्व चयन गर्नुपर्ने आवश्यकता थियो , जसले पार्टीलाई नयाँ उर्जा र गतिशीलता प्रदान गर्न सक्ने थियो । तर, त्यो हुन् सकेन अध्यय, महासचिव र सम्मानित नेता सर्वसम्मत गरे पनि अन्य केन्द्रीय सदस्य र पधाधिकारीमा चुनाव गराएको भए पार्टी बनाउन हुटहटि भएका नेता केन्द्रमा आउने थिए ।
पार्टीको संगठनात्मक संरचना बलियो बनाउन महाधिवेशन पश्चातको केन्द्रीय कमिटीले विशेष ध्यान दिनु पर्ने जिम्मेवारी आएको छ । कार्यकर्ता र समर्थकहरूको संख्यात्मक वृद्धि मात्रै होइन, उनीहरूको क्षमता अभिवृद्धि, प्रशिक्षण र कार्यक्षमतामा सुधार गर्ने योजना महाधिवेशनबाट चुनिएर आएका हरुको हुनेछ । यसले पार्टीको संगठनलाई जनस्तरमा सुदृढ गर्नेछ ।
आगामी स्थानीय निर्वाचनमा सक्दो जनप्रतिनिधि जिताउने पार्टीको तयारी र रणनीति महाधिवेशनबाट चुनिएका नेताहरुको को प्रमुख लक्ष्य हुनपर्छ । पार्टीले केन्द्रीय कमिटीमा जनतासँगको सम्पर्कलाई कसरी सुदृढ गर्ने, स्थानीय मुद्दाहरूमा केन्द्रित भएर चुनावी रणनीति कसरी बनाउने भन्नेबारेमा गहन छलफल गर्नपनि जरुरि छ । स्थानीय तहमा बलियो पकड बनाउने लक्ष्यसहित पार्टीले चुनावी योजना बनाउनुपर्ने छ ।
पार्टी विभाजनपश्चात् आन्तरिक एकता र विश्वासमा कमी आएको छ । यो महाधिवेशनले पार्टीभित्रको विभाजनलाई अन्त्य गरी आन्तरिक संवाद र सहकार्यलाई प्रोत्साहन गर्नुपर्छ । पार्टीभित्र रहेका विभिन्न गुटहरूलाई एकताबद्ध गर्ने र असन्तुष्ट कार्यकर्ताहरूलाई समेट्न आबश्यक छ ।
पार्टी विभाजनले जनतामा अविश्वास उत्पन्न गराएको छ । महाधिवेशनले जनताको मुद्दालाई प्राथमिकतामा राखेर जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने निर्णय गरेको छ । जनताको आवाज सुनेर, उनीहरूको आवश्यकतालाई केन्द्रित गरेर नीति निर्माण गर्ने र प्रभावकारी कार्यान्वयन गर्न सक्ने क्षमता विकास गर्ने अबको महत्त्वपूर्ण आबस्यकता हो ।
स्थानीय चुनावमा पार्टीको सफलताका लागि महाधिवेशनबाट चुनिएका नेताहरुले ठोस योजना निर्माण गर्नुपर्छ । स्थानीय तहमा पार्टीको बलियो संगठनात्मक संरचना, प्रभावकारी रणनीति, र जनताको समर्थन जुटाउन हामि केन्द्रित हुनु आवश्यक छ । यसले पार्टीलाई चुनावमा बलियो प्रतिस्प्रर्धी बनाउन मद्दत गर्नेछ ।
अन्तर्राष्ट्रिय सम्बन्धको व्यवस्थापन पनि महाधिवेशनको एजेन्डा थियो । नेपालका प्रमुख राजनीतिक दलहरूसँगको सम्बन्धलाई सन्तुलित रूपमा व्यवस्थापन गर्ने र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई सुदृढ करण गर्ने रणनीति तय गर्ने बिषयमा पार्टीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ ।
निष्कर्ष
नेकपा एकीकृत समाजवादी पार्टीको १०औं महाधिवेशन पार्टीको इतिहासमा एक महत्वपूर्ण मोडको रूपमा भएको छ । यो महाधिवेशनले पार्टीको संगठनात्मक संरचना, नेतृत्व, र वैचारिक दिशालाई नयाँ उचाइमा पुर्याउने अवसर दिएको छ । पार्टीले आन्तरिक एकता कायम राख्दै, जनताको विश्वास जित्दै, र युवालाई नेतृत्वमा ल्याउँदै अघि बढ्न सकेमा मात्र आगामी चुनौतीहरूको सामना गर्न सक्नेछ । महाधिवेशनको सफलता पार्टीको भविष्यलाई सुनिश्चित गर्ने महत्वपूर्ण आधार हुनेछ ।
नेकपा एकीकृत समाजवादी पार्टीका केही केन्द्रीय नेताले नै गत मंसिर ४ गते सम्पन्न चुनावमा भोट हाल्न नगएको कुरा पटकपटक तथ्य बाहिर आएको छ । तिनै निकम्मा केन्द्रीय सदस्यहरुलाई अहिले फेरि मनोनयन गरेर जिल्लाबाट चुनिएर आएका प्रतिनिधिहरुलाई अवमूल्यन गर्ने काम भएको छ । कार्यकर्ताको मूल्यांकन प्रमुख कुरा हो तर नेतृत्वले कार्यकर्ताको मूल्यांकन गर्न नसक्दा पार्टीभित्र गहिरो असन्तोष र विवादको वातावरण सिर्जना गरेको छ ।
नेताको यस्तो गैरजिम्मेवारीपूर्ण व्यवहारले पार्टीको संगठनात्मक अखण्डतामा प्रश्न उठेको छ । पार्टीका अन्य सदस्यहरूले यो घटनालाई गम्भीर रूपमा लिएका छन् । तर, नेतृत्व गम्भीर छैनन् भन्ने कुरा केन्द्रीय कमिटीको बनोटले देखाएको छ । संख्यामा ठूलो भए पनि केन्द्रीय कमिटी सशक्त बन्न सकेको छैन । केन्द्रीय कमिटीमा कार्यकर्ताको आवाज सम्बोधन हुनसकेको छैन । केवल विधि, विधान पु¥याउने काम भएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीले महाधिवेशनबाट पुरानै केन्द्रीय सदस्यहरूलाई दोहोर्याएको छ, जसले पार्टीभित्र नयाँ नेतृत्व र सोचको अभाव देखाएको छ । विगतको चुनावमा पार्टीले राष्ट्रिय मान्यता पाउन सकेन, र अब पनि त्यही नेतृत्वलाई निरन्तरता दिनुले आगामी चुनौतीहरू अझै कठिन बन्न सक्छ । पार्टीले नयाँ रणनीति, विचारधारा, र युवा नेतृत्वलाई अघि नबढाएसम्म राष्ट्रिय पार्टी बन्ने सम्भावना कमजोर देखिन्छ । पुरानै अनुहार र नीतिहरूले पार्टीलाई नयाँ दिशा दिन कठिन हुनेछ, जसले गर्दा आगामी चुनावमा पनि सशक्त उपस्थिति जनाउन चुनौतीपूर्ण हुनसक्छ ।