काठमाडौं । कोभिड–१९ को जाँच तथा उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरुका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई प्रभु बैंकले पिपिइ सेटलगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।
सो अस्पतालमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुका लागि पिपिइ सेट ३० थान, ८ थान केएम–९५ मास्क उपलब्ध गराइएको बैंकका अधिकृत सुदीप देवले जानकारी दिनुभयो । उक्त सामग्री अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास र अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झालाई बैंकका अधिकृत देवले हस्तान्तरण गर्नुभएको छ ।
त्यस्तै मेडिकल सुपरिन्टेन्डेन्ट डा. दासले कोभिड १९ जस्ता माहामारीको अवस्थामा अति आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै प्रभु बैंक परिवारलाई धन्यवाद दिनुभयो ।