काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढी उपमहानगरपालिका- ३ स्थित भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयका अलावा धनगढी शाखा समेत सञ्चालनमा ल्याएको छ ।
बैंकले हाल सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका वडा नं. ०४ मा सञ्चालनमा रहेको यस बैंकको धनगढी शाखा कार्यालय स्थानान्तरण भई अन्दाजी ८०० मिटर दूरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण गरको हो । आफ्नै भवनबाट कारोबार सञ्चालन भएको अवसर पारी बैंकमा आज आयोजित एक कार्यक्रमका बीच बैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुदूरपश्चिमस्थित यस धनगढी उपमहानगरपालिकामा आफ्नै भवनबाट शाखा कार्यालय एवं प्रदेश कार्यालय सञ्चालन गर्न पाउनु बैंकको लागी एक कोसे ढुङ्गा भएको बताए ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरू कैलाली, डडेलधुरा, बझाङ, अछाम, दार्चुला, कञ्चनपुर र बैतडीमा गरी यस बैंकले १० वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवाहरू प्रदान गर्दैै आइरहेको छ । सुविधा सम्पन्न यी शाखाहरू मार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।