Logo
Logo

स्थायी कमिटि बैठकबारे ओली–प्रचण्ड छलफल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ बैशाख ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भेटवार्ता भएको छ। स्थायी किमिटीको बैठक स्थगनपछि बढेको विवादपछि दुई नेताबीच छलफल भएको हो ।

दुई अध्यक्षबीच संसदको बजेट अधिवेशन र स्थायी कमिटी बैठकलगायतका विषयमा छलफल भएको थियो।
संसदको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ। त्यस्तै दुई अध्यक्षबीच कुरा मिल्न नसक्दा नेकपा स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन। वैशाख २५ गतेका लागि बोलाइएको स्थायी कमिटि बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। बैठक स्थगित भएकै दिन नेकपाका स्थायी कमिटी सदस्यले पार्टी कार्यालय धुम्बाराहीमा भेला भएर स्थायी कमिटी बैठकको माग गरेका थिए। उनीहरुले बैठकपछि प्रचण्डलाई भेटेर स्थायी कमिटि बोलाउन माग गरेका थिए ।
बुधबारको सचिवालय बैठकमा आफ्नो आलोचना हुन थालेपछि प्रधानमन्त्री ओली बीच बैठकमै उठेर हिडेका थिए।

प्रतिक्रिया दिनुहोस्