Logo
Logo

भारतीय पर्यटक बस मर्स्याङ्दी नदीमा खस्यो


1.9k
Shares

काठमाडौं । पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडकखण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरास्थित मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ ।

बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगिसकेको उनले बताए ।

युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ । विस्तृत विवरण आउन बाँकी

प्रतिक्रिया दिनुहोस्