Logo
Logo

मर्स्याङ्दी बस दुर्घटना : १४ जनाको शव निकालियो


1k
Shares

तनहुँ । तनहुँको ऐना पहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए ।

बस मस्याङ्दी नदीको खसेको र भीर भएका कारण तुइनको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको शसस्त्र प्रहरीले जनाएको छ । उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ । प्रहरी पनि उद्धारमा खटिएको छ ।

बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो । बस अझै पानीमै छ । युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको उक्त बसमा ३५ जना भएको जानकारी पाइएको प्रहरीले जनाएको छ । १५ जनालाई घाइते अवस्थामा निकालिएको र ६ जना नदीमा बेपत्ता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्