Logo
Logo

नेशनल लाइफको वार्षिक साधारणसभाबाट १४ प्रतिशत लाभांश अनुमोदन


315
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको आज सम्पन्न ३६ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० लाभांश अनुमोदन भएको छ ।

काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँको कुल १४ प्रतिशत लाभांश अनुमोदन गरेको हो । जसमा १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ । सभाले नगद लाभांश र बोनस शेयरबापतको कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८.३९ रुपैयाँ नगद लाभांश पनि स्वीकृत गरेको छ ।
 
सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१)ग बमोजिम आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृत गरेको छ । आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्