काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र ट्रयान्क्विलिटी स्पाबीच एक सम्झौता भएको छ । जसअुनसार बैंकका ग्राहकले ट्रयान्क्विलिटी स्पाको सेवा लिँदा ३० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने भएका छन् ।
साथै, Tranquility Wellness Card (TWC) धारक ज्योति विकास बैंकका ग्राहकले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशत सम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउने बैंकले जनाएकाे छ ।