Logo
Logo

सरकारको पक्षमा उभिन नेकपा नेताहरुलाई प्रधानमन्त्रीको निर्देशन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा सरकारको पक्षमा प्रस्तुत हुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदलाई लिखित निर्देशन दिएका छन् । संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले संघीय संसदको अधिवेशन सुरु हुनै लाग्दा यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सांसदहरुलाई सरकारको पक्षमा उभिन शुक्रबार बिहान प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँग छलफलमा जुटेका थिए ।

‘संसदका दुवै सदनका बैठकहरु छोटा छरिता र मर्या्दित एवम विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरुपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरुले बुझ्नु नै भएको छ । अन्य साना भेटघाट छलफल औचित्य आवश्यकता र संभावना हेरी आयोजना गरिने नै छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्,’ विगतमा जस्तै य संसद अधिवेसनमा पनि सक्रिय, समझदारीपूर्ण र एकतावद्ध प्रयासका साथ अघि बढ्न म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका सबै माननीयज्यूहरुमा अनुरोधका साथ निर्देशन गर्दछु ।’ संघीय संसदको बजेट अधिवेशन आज ४ बजेपछि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्