Logo
Logo

देउवा निवास अगाडि भेटिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि


378
Shares

धनगढी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास नजिकै भेटिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको छ । उक्त शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराका अनुसार शंकास्पद झोलाभित्र बिजुलीबाट चल्ने भाँडो र माटो भेटिएको हो । आइतबार बिहान देउवा निवासअगाडि कालो रंगको पुरानो झोला फेला परेको थियो । त्यो झोलाभित्रबाट तार बाहिर निस्किएको देखिएको थियो ।

स्थानीयले त्यो विष्फोटक पदार्थ हुन सक्ने आशंका गर्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनाको टोली बोलाएर खोतल्दा त्यसभित्र माटो भेटिएको थियो । बोहराले शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्