काठमाण्डौ, २६ बैशाख ।
लकडाउनका कारण बन्द रहेको शेयरबजार कारोबार आउँदो मंगलबारदेखि खुल्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले २८ गते आइतबारदेखि नेप्से र ब्रोकरका कार्यालय खोल्ने र ३० गते मंगलबारदेखि कारोबार सुरु गर्ने निर्णय गरेको हो । तर नेप्से बिहान ११ बजेदेखि १ बजेसम्म २ घन्टा मात्रै खुल्नेछ । २ प्रतिशतभन्दा धेरै कारोबार भएमा सर्किट ब्रेक लाग्ने बोर्डले जनाएको छ ।
यस्तै एक तिहाई कर्मचारी मात्रै काममा आउने र एक चौथाइ गाडीलेल मात्रै पास पाउने पनि धितोपत्र बोर्डले निर्णय गरेको छ ।
यस्तै लगानीकर्तालाई मेरो शेयर खाता खोली त्यै खाताबाट अनिवार्य रुपमा इलोक्ट्रेनिक डिपोजिट इन्स्ट्रक्सन स्लिप अर्थात ईडिआईसमार्फत राफसाफ गर्ने र असार मसान्तसम्म खाता खोल्दा पैसा नलाग्ने बोर्डको निर्णय छ । धितोपत्र कारोबारका नयाँ नियम र सर्त लागू गरिएका छन् ।