Logo
Logo

सोह्रखुट्टे वृत्तमा डिएसपी दीपक खड्का


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, २५ बैशाख ।
डिएसपीहरुको लागि आकर्षक पोष्टिङ मानिने महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा डिएसपी दीपक खड्कको सरुवा भएको छ । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए ।


सोह्रखुट्टे वृत्तका सन्तोषसिंह राठौर एसपीमा बढुवा भएपछि रिक्त भएको थियो । जहाँ सरुवाका लागि एक दर्जन डिएसपीले शक्तिकेन्द्रमार्फत पावर लगाएका थिए । रोल्पाली नेताको सिफारिसमा उनी सरुवा भएको स्रोत बताउँछ । यसअघि उनी रोल्पामा इन्चार्ज भएका थिए । उनी नेकपाका अध्यक्ष प्रचण्डका पिएसओका रुपमा समेत खटिएका थिए ।

त्यस्तै सिनियर भएर पनि बढुवामा छुटेका ऋषिराज कँडेललाई महानगरीय प्रहरी वृत्त ठिमीको इन्चार्जमा सरुवा गरिएको छ ।

काठमाडौंका अन्य वृत्तहरुमा पनि प्रहरी प्रधान कार्यालयले हेरफेरको तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्