Logo
Logo

ड्युटीमै ढलेका प्रहरी हवल्दार निरौलाको निधन


1.1k
Shares

काठमाडौं । संखुवासभामा ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको मृत्यु भएको छ । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ घर भएका निरौला केहि वर्षदेखि संखुवासभाको मादी नगरपालिका–२ प्रहरी चौकी मंगलबारेमा कार्यरत थिए ।

शनिबार दिउँसो ड्युटी गर्दागर्दै अचानक बेहोस भएका निरौलालाई तेह्रथुमको बसन्तपुरस्थित स्वास्थ्य चौकी लैजानेकममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

मृतक हवल्दार निरौलाको शव सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा आईतबार पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमपछि मृतकको शव आफन्तलाई बुझाउने प्रहरीले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्