काठमाडौं । माछापुच्छ्रे बैंकले भदौ ११ गते देखी भदौ १६ गते सम्म काठमाडौं भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा सहभागिता जनाएको छ ।
बैंकले नाडा अटाे शाे लक्षित चारपांग्रे सवारीका लागि ९ प्रतिशत ब्याज अफर गरेको छ । बैंकले आफ्नो ८ प्रतिशतको आधारदरमा १ प्रतिशत मात्रै प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरेको हो ।
बैंकको नियमित सवारी कर्जा न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम ११ प्रतिशत ब्याजदर छ । त्यस्तै बैंकले विद्युतीय सवारीमा ६ बर्षको लागि र मूल्यको ७० प्रतिशत कर्जा तथा इन्धनको लागि ८ वर्ष अवधिका लागि र मूल्यको ५० प्रतिशत कर्जा प्रदान गर्ने जनाएको छ । अरु बेला ०.७५ प्रतिशतसम्म सेवाशुल्क लिइरहेको माछाले नाडा अटो शाेमा ०.२५ प्रतिशत मात्रै लिने भएको छ ।