Logo
Logo

नाडा अटो शोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सहभागी, कर्जा कति ?


315
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भदौ ११ गते देखी भदौ १६ गते सम्म काठमाडौं भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा सहभागिता जनाएको छ ।

बैंकले अटो कर्जामा ईभी सवारीलाई विशेष प्राथमितामा राखेको छ । नाडा अटो शोमा स्टल राखेर अटो कर्जाको स्कीम बेचिरहेको बैंकले विद्युतीय गाडीमा ७.६४ प्लस १ अर्थात् आफ्नो बेस रेट (आधार दर) मा १ प्रतिशत मात्र प्रिमियम चार्ज गरेर कर्जा उपलब्ध गराउने जनाएको छ ।

अरु पेट्रोलियम गाडी (आईसीई) मा भने बैंकले बेस रेटमा २ प्रतिशत प्रिमियम चार्ज गर्ने बैंकका रिलेसनसिप म्यानेजर सुशीला श्रेष्ठले बताए । उनले भने, ‘हामी उपभोक्तालाई सरल किस्ताबन्दीमा सुलभ ब्याजदरमा कर्जा प्रदान गर्छौं । तोकिएको ब्याजदर ग्राहकले स्थिर र अस्थिर दुवै प्रक्रियामा लिन सक्छन् । यस्तो कर्जा सहजीकरणमा बैंकले जम्मा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लिन्छ ।’

टो शो विशेष कर्जा नीति भए पनि यो स्कीम दसैं, तिहार र छठसम्मै चल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्